कोरोनाका कारण विश्वभर २१ हजार बढिको मृत्यु

कोरोना भाइरसका कारण २१ हजार जना भन्दा बढिले ज्यान गुमाइ सकेका छन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाल विश्वका १ सय ९८ देशलाई आक्रान्त पारेको छ ।
कोरोना भाइरस एउटा पानीजहाज (क्रुजसीप)मा पनि फैलिएको छ। कोरोना भाइरसका कारण हाल सम्म २१ हजार १ सय ९१ ज्यानको मृत्यु भएको वल्ड ओमिटरले जनाएको छ।
कोरोनाका कारण इटालीमा ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। चिनको वुहानबाट सुरु भएको भाइरसको संक्रमण पछिल्लो पटक मृतकको संख्या थपिने क्रम बढ्दै छ ।
हाल सम्म कोरोनाका कारण एकै दिन सबैभन्दा धेरै इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जना मृत्यु भएको छ । यो चीनको भन्दापनि धेरै हो।
चीनमा अहिलेसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ।
विश्वमा अहिलेसम्म ४ लाख ६७ हजार ८ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ लाख १३ हजार ८ सय ९ जना उपचारपछि स्वस्थ अवस्थामा घर फर्किएको तथ्यांक छ ।











