लकडाउनको आज तेस्रो दिन देशैभरका बजार सुनसान

हेटौडा न्युज
१३ चैत्र २०७६, बिहीबार १५:२०
;

गत चैत ११ गते देखि सरकारले पुरै देशभर लकडाउनको निर्णय गरेको थियो । लकडाउनको आज तेस्रो दिन पनि बागमती प्रदेशको राजधानी हेटौंडा सहित संघिय राजधानी काठमाडौं उपत्यका र देशभरका विभिन्न शहरहरु सुनसान छन् ।

सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएर घरमा नै बसिरहेका छन ।

सरकारले गरेको लकडाउन सुरुमा फितलो देखिए पनि अहिले भने पुर्ण रुपमा पालना भएको देखिन्छ । सरकारले चैत १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुचना जारी गरेको थियो ।

लकडाउनका कारण हेटौंडा लगायत काठमाडौंका सडक तथा बजार क्षेत्र सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । उनीहरु पसलमा जाँदा पनि मास्क लगाएर गएको देखिन्छ ।

सरकारले लकडाउनलाई कार्यान्वयन गराउन बाक्लै रुपमा सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क, पन्जा लगाएका छन् । कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गर्दै आएका छन् ।

लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

शहरी क्षेत्रमा मात्र नभई गाउँका बासिन्दाले पनि लकडाउनमा साथ दिएका छन् । गाउँका मानिसहरु आफ्नो घर आँगमै सीमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*