ससुरालीबाट घर फर्किन एम्बुलेन्स

हेटौडा न्युज
१३ चैत्र २०७६, बिहीबार २०:३८
;

झापा प्रहरिले एक एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा लिएको छ ।लकडाउनमा एम्बुलेन्सको दुरुपयोग गर्दै चालकले यात्रु बोकेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

एम्बुलेन्स चालकले यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको पाइए पछि झापा प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

बिहिवार भद्रपुरबाट विराटनगरतर्फ जाँदै गरेका को२च १२६६ नम्बरको एम्बुलेन्सले यात्रुलाई नक्कली बिरामी बनाएर लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेले चेकजाँच गर्ने क्रममा एम्बुलेन्स नियन्त्रणमा लिइएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झिलझिले चौकीले एम्बुलेन्स रोकि चेकजाँचको क्रममा उक्त एम्बुलेन्समा विराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रस्टको एम्बुलेन्स चालक कटहरी बस्‍ने अजय सरदारले विराटनगरबाट बिरामी बोकेर भद्रपुर गएका थिए  । भद्रपुरबाट फर्किने क्रममा चालक सरदारले पाँच जना यात्रु हालेर विराटनगर फर्केका थिए। 

प्रहरीका अनुसार एम्बुलेन्स चेकजाँचका क्रममा सोधपुछ गर्दा एम्बुलेन्समा नक्कली बिरामी फेला परेको हो। एम्बुलेन्समा जाने एकै परिवारका सदस्य रहेका छन ।

उनीहरू ससुरालीबाट घर फर्किँदै थिए। तिनीहरूले ९ हजार भाडा तिरेर एम्बुलेन्समा विराटनगर फर्किरहेका थिए। भद्रपुरदेखि विराटनगर जाने एम्बुलेन्सको भाडा दर ४३ सय रहेको छ।

यता चालक सरदारसहित एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखिएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*