स्कुलहरुले विद्यार्थी भर्ना लिए कारबाही गरिने

हेटौडा न्युज
१४ चैत्र २०७६, शुक्रबार १४:२६
;

सरकारले नयाँ शैक्षिक सत्रका लागि तत्काल नयाँ विद्यार्थी भर्ना लिन सुरु गरेमा कारबाही गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम घटाउन भन्दै सरकारले यस अघि नै नयाँ भर्ना नलिन सम्पुर्ण विद्यालयलाई सुचना समेत जारी गरिसकेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक पूरै लकडाउन गरेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । यदि नयाँ भर्ना गरेको पाइएमा त्यस्ता विद्यालयलाई कडा कारबाही गरिने भएको छ।

विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ।

सरकारले नै नयाँ भर्ना नलिने भनेको र बढ्दो सङ्क्रमणका कारण मानिसको आवागमन समेत रोकिएको बेला भर्ना लिए कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ। कुनै विद्यालयले अनलाइनबाट विद्यार्थी भर्ना लिन सक्ने तर त्यो सम्भावना निकै न्यून रहेको मन्त्रालयले जनाएको छ ।

राजधानीका सेन्ट जेभियर्स स्कुल र जेभियर्स इन्टरनेसनल स्कुलले विद्यार्थीको भर्नाका लागि प्रवेश परीक्षा लिएको भए पनि त्यसको नतिजा प्रकाशन गर्न रोक लगाइएको बताइएको छ ।

जेभियर्स इन्टरनेसनल स्कुलले भने कोरोना भाइरस सङ्क्रमणका कारण संसारभरकै मानिसको जीवन जोखिममा परेका बेला आफूहरूले भर्ना कार्यक्रम सबै स्थगित गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*