बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

हेटौडा न्युज
१४ चैत्र २०७६, शुक्रबार २३:३०
;

बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।  विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको पुष्टि भएको हो । 

जोनसनले ट्वीटरमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । जसमा उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउँदै चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको बताएका छन ।

उनी अहिले सेल्फ–आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेका छन । 

बेलायतमा हालसम्म ११ हजार ६ सय ५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ भने यसबाट ५७८ जनाको मृत्यु भइसकेको छ।  यस्तै १३५ जना निको भएर घर फर्किएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*