पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो भिडन्त, एकको मृत्यु

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार ००:०४
;

पर्सा राष्टिय निकुञ्जमा तस्कर र निकुञ्जका सुरक्षाकर्मीबीच दोहोरो गोलि हानाहान भएको छ । निकुञ्जमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र तस्करहरु बिच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन भने एकलाई पक्राउ गरिएको छ ।

दोहोरो गोलि हानाहानमा नेपाली सेनाका एक जमदार घाइते भएका हुन ।राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेको जनाएका छन् । पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ्ग रहेको स्रोतले जनाएको छ ।

मृतकको भने पहिचान खुल्न नसकेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । पर्सा वन्यजन्तु राष्टिय निकुञ्जको एरिया भित्र शुक्रवार विहान ९ बजे भिडन्त भएको हो । 
सुरक्षाकर्मीले दुई थान बन्दुक समेत बरामद गरेका छन् । निकुञ्जका अनुसार तस्करहरु ११ जनाको समुहमा रहेको जनाइएको छ ।

बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी गर्न तस्करहरु निकुञ्ज छिरेको हुनसक्ने अनुमान लगाइएको निकुञ्ज स्रोतले जनाएको छ ।

चोरी तस्करीको घटना बढ्ने सम्भावनालाई ध्यान राखेर गस्तीलाई बाक्लो बनाइएको निकुञ्जले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*