अत्यावश्यक सेवाको सहज आयत तथा वितरण गर्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बस्तु तथा सेवा, दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति गरि बिक्री वितरणलाई समेत व्यवस्थित बनाउन आफू मातहतको निकायलाई निर्देशन जारी गरेको छ ।
कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै अत्यावश्यकीय बस्तु तथा सेवाको उत्पादन्, आपूर्ती तथा विक्रि वितरणलाई व्यवस्थित र सहज बनाउन निर्देशन दिएको हो ।
गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा र उद्योग वाणिज्य आपूर्ती मन्त्रालयको निर्देशन अनुसार मातहतको कार्यालयलाई सोही बमोजिम गर्न गराउन आग्रह गरेको हो ।