कोरोना लाग्नै नदिने WHO महानिर्देशकका यस्ता ७ हेल्थ टिप्स

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार १७:०९
;

विश्व स्वास्थ्य संगठनका महानिरर्देशक टेड्रो एडेनम ग्रेबिएसले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सबैलाई स्वस्थ रहन आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न घरमै बसेर सजगता पाउनु पर्ने बताएका छन् ।

उनले आफ्नो छोरी पनि अहिले घरबाटै अनलाइन मार्फत कक्षा लिइरहेकी बताएका छन् । विश्व शान्तीका लागि सबैले घरमै बस्नु पर्नेको अन्य विकल्प नभएको उनले बताएका छन् ।

यस्ता छन् उनमा ७ हेल्थ टिप्स

–स्वस्थकर खानेकूरा खानेगर्नुस् । जसले तपाईको इम्युनीटिले राम्रोसँग काम गर्न सहयोग गर्छ ।

–मादक पदार्थ धुम्रपान नगर्नुहोस् । धुम्रपानले धेरै रोग निम्त्याउने सम्भावना बढ्छ जसले गर्दा कोरोना भाइरस लाग्ने प्रवल सम्भावना हुन्छ ।

–सुगर हुने खानुकूरा सकेसम्म नखानुस् ।

– शाररिक व्यायाम गर्नुस् । हरेक ३० मिनेटमा ३ मिनेट आराम गर्नुस् । दिनमा वयस्कले ३० मिनेट र बालबालिकाले १ घण्टा हिड्ने गर्नुपर्छ ।

– अरुबाट टाढा रहनुस् । यदि तपाई घर छोड्न चाहनु हुन्न भने अनलाइनबाट फिटनेस्का भिडियो डान्स, म्युजीक सुन्नुस् । योगा गर्नुस् । घरको सिडिमा तलमाथि गर्नुस् । धेरै बेर एकै ठाउँमा नबस्नुस् ।

– तपाईको मानिसक स्वास्थ्य चेक गर्नुस् । संकटका समयमा तनाव लिनु स्वभाविक हो तर धेरै तनाव नलिनुहोस् । तपाइलाई विश्वास लाग्ने मान्छेसँग कूरा गर्नुस् । समुदायका मानिसहरुलाई सहयोग गर्नुस् ।

– किताव पढ्ने, गेम खेल्ने गर्नुस् । धेरै समाचार नपढ्ने जसले तपाईलाई रिसालु र दिक्दारपन ल्याउने छ । दिनको दुई पटक तपाईलाई विश्वास लाग्ने सञ्चार माध्यमको समाचार पढ्नुस् । यसो गर्दा कोरोना भाइरस लाग्ने सम्भावना कम हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*