कोरोना संक्रमित युवकका परिवारलाई अस्पताल लगियो

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार १७:४८
;

दुबईबाट आएका ३४ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुलाई पनि अस्पताल लगिएको छ ।  कोरोना संक्रमण पुष्टी भएको १७ घण्टापछि परिवारका सदस्यहरुलाई अस्पताल लगिएको हो ।

कोरोना संक्रमित युवकका परिवारका सदस्यलाई शनिबार बिहान साढे दश बजे सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स आएर लगेको हो । उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखेर निगरानी गरिनेछ ।

शुक्रबार रातितिर उनको घरमा पुगेको प्रहरी परिवार संख्यासहित आवश्यक रिपोर्ट लिएर एम्बुलेन्स पठाउँछौं भनेर फर्किएको थियो । तर शनिबार बिहानसम्म पनि एम्बुलेन्स पठाइएको थिएन । संक्रमित युवकको परिवारमा ८ जना सदस्य रहेका छन् ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*