मकवानपुरको थाहानगरमा क्वारेन्टाइन संचालनको अन्तिम चरणमा
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि मकवानपुरको थाहानगरपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइन संचालनको अन्तिम तयारी चरणमा पुगेको छ ।
क्वारेनटाइनका लागि आवश्यक स्वास्थ्यकर्मीको टोली खडा गरिसकेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिएका छन् । उनले आवश्कयक मेडिकल औजार तथा अन्य सामाग्री हिजो १४ गते नै बज्रबाराही आइपुगिसकेको जानकारी दिएका छन् ।
अध्याय रिसोर्टले उपलब्ध गराएको भवन र क्वारेन्टाइनमा डाक्टर सहित राखिने हुँदा कसैलाई कोरोनाको संक्रमण भएमा वा मिल्दोजुल्दो लक्षण देखा परेमा पनि कोरोना रोकथाम नियन्त्रण समन्वय समिति थाहा नगरपालिकाको सचिवालयमा खबर गर्न नगर प्रमुख लवशेर विष्टले अनुरोध गरेका छन् ।