युएईमा अर्को दुईजना नेपालीमा कोरोना भाईरसको संक्रमण

१५ चैत्र २०७६, शनिबार १९:०६
युएईमा अर्को २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको फेला परेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो।
सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ । यसअघि पनि यहाँ दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। तर केही समयको उपचारपछि उनी निको भएका थिए ।