मकवानपुरमा विदेशबाट फर्किएका २ सय ५३ निगरानीमा

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार १९:२०
;

मकवानपुर जिल्लाका स्थानीय तहहरुले विभिन्न देशबाट आएकाहरुको तथ्यांक सकंलन गरिरहेका छन् ।bमकवानपुरका दशवटै स्थानीय तहले विश्वव्यापीरुमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सावधानी अपनाउनका लागि विदेशबाट फर्किएकाहरुको छुट्टाछुट्टै तथ्यांक संकलन गरी उनीहरुमाथि निगरानी समेत बढाइरहेको जनाएका छन् ।

जिल्लामा हालसम्म संकलन गरिएको तथ्यांकअनुसार २ सय ५३ जना विदेशबाट फर्किएको भेटिएका छन् । उनीहरुलाई उच्च निगरानीमा राखिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । जिल्ला समन्वय समिति मकवानपुरका अधिकृत भीमलाल महर्जनका अनुसार विदेशबाट आएका सबैजना स्थानीय तहको स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा रहेका छन् ।

मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ सय २२ जना विदेशबाट आएको पाइएको अधिकृत महर्जनले बताए । स्थानीय जनप्रतिनिधि र स्थानीय सर्वसाधारणको सूचनाका आधारमा विदेशबाट आएका जिल्लाबासीको तथ्यांक संकलन गरिएको हो । उनका अनुसार मनहरी गाउँपालिकामा ४२ जना, थाहा नगरपालिकामा ३६ जना, इन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिकामा १२ जना, बागमती गाउँपालिकामा ११ जना, मकवानपुरगढी र कैलाश गाउँपालिकामा ५/५ जना, बकैया गाउँपालिकामा ३ जना र राक्सिराङ गाउँपालिकामा १ जना विदेशबाट आएका नागरिक निगरानीमा रहेका छन् ।
 

विद्यालय अस्पतालमा परिणत

बागमती प्रदेश सरकारले हेटौंडा–४, कर्रास्थित श्रमिक माविको नवनिर्मित भवनमा आइसोलेसन कक्ष तयार पारेको छ । भेन्टिलेटरसहित ४ शैय्याको आईसीयु कक्षसहित ३० शैय्याको आइसोलेसन कक्ष तयार भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिए ।कोरोना भइरसको संक्रमणको आशंका भएका विरामीलाई आइसोलेसनमा राखेर उपचारसमेत गर्ने सुविधा तयार भएको डा. श्रेष्ठको भनाइ छ । उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि लगाइने पोशाक दुई थानसहित सबै तयारी पूरा भएको डा. श्रेष्ठले बताए ।

प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी र हेटौंडा अस्पतालको सहयोगमा उक्त विद्यालयको निर्माणाधिन नौ कोठे भवनमा आइसोलेसन वार्ड निर्माण गरेको हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । ‘हेटौंडाका निजी मेडिकलहरुको पनि सहयोग हामीले लिएका छौं । थप आवश्यक सामग्रीहरु छिमेकी जिल्लाबाट माग गरेका छौं,’ उनले भने ।

उनका अनुसार विद्यालयमा निर्माणाधीन १३ वटै भवन आइसोलेसन निर्माणका लागि तयारी अवस्थामा राखिएको छ । ‘विरामीको पहिलो परीक्षण हेटौंडा अस्पतालमा हुनेछ । प्राथमिक उपचारको क्रममा शंका लागेको खण्डमा हामी विद्यालयको आइसोलेसन वार्डमा राख्ने छौं,’ अध्यक्ष पौडेलले भने । स्रोतः कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*