कोरोना संक्रमित युवकको पिडाः शवगृह छेउ राखेका छन्, न चिकित्सक हेर्न आँउछन्, न तातोपानी नै दिन्छन्
मंगलबार कोरोनाको संक्रमण भएको पुष्टि भएको ३४ वर्षीय युवाले आफूलाई अस्पतालमा राम्रो व्यवहार नगरेको गुनासो पोखेका छन् । कोरोना संक्रमण पुष्टि नहुन्जेल आइसोलेसनमा राखिए पनि शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले शवगृह नजिकै सारिएको उनले बताएका छन् ।
आफूलाई चिकित्सकले जाँच पनि नगरेको र औषधि पनि नदिएको उनले आरोप लगाएका छन् । कतिसम्म भने उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको समेत सहज रुपमा थाहा पाउन सकेनन् ।धनगढीमा एक जनामा कोरोना संक्रमण देखिएको खबर सञ्चार माध्यमहरुमा आएपछि आफूले डाक्टरलाई फोन गरेर सोधेपछि मात्रै चिकित्सकहरुले आफ्नो अवस्थाबारे जानकारी दिएको उनले बताए ।
नले आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको बताउदैँ अलग्गै राखेदेखि अहिलेसम्म चेकजाँच गर्न भने कोही नआएको बताएका छन् ।उनले भने, अहिलेसम्म न त औषधि दिएका छन्, न त तातोपानीकै व्यवस्था गरेको छ ।’
कोरोनाबाट संक्रमण भएकाहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने भनिएको छ । तर, आफूले अहिलेम्म खाना र तातोपानीसमेत घरबाट ल्याएर खाइरहेको उनले सुनाए ।
अब, परिवारका सबै सदस्य क्वारेन्टाइनमा बसेपछि कसले खाना ल्याइदिन्छ भन्ने चिन्ता बढेको उनले सुनाए । ती युवकलाई कारोना संक्रमण भएको पुष्टि भएपछि परिवारका सबै सदस्यलाई रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ र नमुना संकलन गरिँदैछ ।
‘अहिलेसम्म मलाई घरबाटै खाना ल्याइएको थियो । घरका सबैलाई रंगशाला राखिएको छ अब कसरी खाना ल्याउने ? उनको गुनासो छ ।
युवकको बयान सुन्दा उनलाई कोरोना पुष्टि भएपछि चिकित्सकहरु समेत भेट्न नगएको र स्वास्थ्यकर्मीहरु डराएको अनुमान गर्न सकिन्छ ।