घरमै बसेर आफ्नो, देश र दुनियाँभरको अमूल्य जीवनको रक्षा गर्न प्रचण्डको अपिल

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार २०:१६
;

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै नागरिकलाई घरमै बसेर आफ्नो, देश र दुनियाँभरको अमूल्य जीवनको रक्षा गर्न अपिल गरेका छन् । विश्वभर महामासरीको रुप लिएको कोरोना भाइरसका कारण कार्यकर्ता भेटघाट बन्द गरेका प्रचण्डले भिडियो सन्देशमार्फत् अमूल्य जिवनको रक्षा गर्न अपिल गरेका हुन् ।  

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि स्वयमसेवी बन्न आग्रह समेत गरेका छन् । सावधानीपूर्वक स्वयंसेवीको भूमिका निर्वाह गर्न, नेतृत्व गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

प्रचण्डले कोभिड–१९ का विरुद्ध विजय प्राप्त गर्न नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनले दिएका जारी गरेका निर्देशन, आचारसंहिता पालना गर्न पनि उनले आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कोरोना परीक्षण सामग्री, स्वास्थ्य उपकरण, सुरक्षा कवच नभएकाले सातै प्रदेश र केन्द्रमा यथाशीघ्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*