६ लाख भन्दा बढी व्यक्तिलाई कोरोनाको संक्रमण

१५ चैत्र २०७६, शनिबार २१:०९
कोरोना भाईरस संक्रमितको संख्या ६ लाख भन्दा माथि पुगेको छ । शनिबार मध्यान्हसम्म ६ लाख ८ सय ३५ जनामा यसको संक्रमण देखिएको हो ।
कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय २६ जना भने निको भइसकेका छन् । २७ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् ।
चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण एक सय ९९ देशमा पुगेको छ ।