होमस्टेमा पर्यटक राखे ५० हजार जरिवाना

१५ चैत्र २०७६, शनिबार २१:१६
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न र सावधानी अपनाउन लमजुङको होमस्टे गाउँ घलेगाउँले सतकर्ताको नयाँ तरिका अपनाएको छ ।
घलेगाउँले गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाएको छ तर यदि कुनै घरले पर्यटकलाई बास दिए ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको हो ।
क्व्होँलासोँथर गाउँपालिकाको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज मानिने घलेगाउँ होमस्टेमा पर्यटन व्यवस्थापन समितिले यस्तो नियम राखेको छ ।