व्यबसायी पराजुुलीद्वारा स्वास्थ्य मन्त्रालयलाई ४० सेट पीपीई हस्तान्तरण
इन्ट्रिग्रेटेड ग्रुप नेपालका कार्यकारी अध्यक्ष भरत पराजुलीले स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद व्यबस्थापन ईकाईलाई ४० सेट पिपिई हस्तान्तरण गरेका छन् ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका पराजुलीद्वारा हस्तान्तरीत पिपिई सेटमा “एन–९५” माक्स, चस्मा, पञ्जा, हेलमेट, शरिमा लाउने कपडा, जुुत्ता, स्यानीटाईजर, जुत्ता कभर सहित ८ प्रकारका स्वास्थ्य सामाग्री रहेका छन् ।
हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपका रहेका छन् ।
पराजुलीले सबै सामाग्री नेपालकै बजारबाट खरिद गरेको जानकारी दिएका छन्। “१ सेट पिपिईको मुल्य अभिवृद्धिकर भ्याट बाहेक ८५०० पर्यो, पराजुलीले भने, कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस भनेर आफुले सकेको सहयोग गरेको हुुँ ।”