कर्राकोे आइशोलेसनलाई लायन्सको ८ थान पिपिइ सहयोग

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार २२:०४
;

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ नेपाल एरिया २ हेटौंडाले हेटौंडाको कर्रामा हालै संचालनमा आएको आइशोलेसन वार्डका लागी पिपिइ, स्यानिटाइजर र अन्य मेडिकल सामाग्रीहरु सहितको सहयोग हस्तान्तरण गरेका छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ नेपाल र रिलायन्स फाइनानस लिमिटेडको संयुक्त सहयोगमा एरिया २ हेटौंडाको समन्वयमा मकवानपुरको हेटौंडाको श्रमिक मा.वी. कर्रामा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हालै संचालनमा आएको आइसोलेसन तथा आइसियू वार्डको लागि आवश्यक पिपिइ, स्यानिटाइजर तथा आवश्यक मेडिकल सामाग्री हस्तान्तरण गरीएको हो ।

""

विश्वव्यापि फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागी नेपालमा स्थानिय तह देखि संघिय सरकारले पनि विभिन्न काम गर्दै आइरहेको र सो काममा थप सहयोग गर्ने उद्देश्यका साथ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ नेपालको ३ वटा एरियामा एकै साथ स्वास्थ्य सामाग्री सहित, पिपिइ तथा स्यानिटाइजर हस्तान्तरण गरीएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ नेपालका प्रथम भाइस गभर्नर शम्भु नकर्मीले बताए ।

नकर्मीका अनुसार लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालमा रहेका ७ वटा एरिया भित्र पर्ने आइशोलेसनमा पिपिइ सहितको मेडिकल सामाग्री हस्तान्तरण गर्ने योजना रहेको र तत्कालका लागि ३ वटा एरियामा एकै साथ सामाग्री सहयोग गरेको बताएका छन् ।

""

लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल एरिया २ की एरिया को–चिफ टासी डोल्मा तुम्वाहाङ्फेले तत्कालका लागि लायन्स डिष्ट्रीक्ट अन्तर्गतका एरिया २ (हेटौंडा), एरिया ३ (चितवन), एरिया ४ (बुटवल÷भैरहवा) मा निर्माण गरिएको क्वारेन्टाइन तथा आइशोलेशन वार्डमा परिचालित स्वास्थयकर्मिहरुका लागी आवस्यक सामाग्री हस्तान्तरण गरिएको र अन्य ३ वटा एरियामा (एरिया ५, ६ र ७) मा भने डिष्ट्रीक्टको निर्णय अनुसार भालि आइतबार वितरण गरीने छ । 
लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल एरिया २ ले कोरोना भाइरस सम्बन्धि जोखिम न्युनिकरणका लागि संयोजक नै तोकेर काम गरीरहेको कोरोना भाइरस नियन्त्रण कार्यक्रमका संयोजक सम्राट तुम्वाहाङ्फेले बताए । 

हेटौंडाका लायन्स सदस्यहरुको उपस्थितीमा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल र हेटौंडा अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठलाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

संयोजक तुम्वाहाङ्फेका अनुसार सहयो गरीएको सामाग्रीमा ८ थान पिपिइ र ५० थान स्यानिटाइजर लगायतको मेडिकल सामाग्री रहेको बताए ।

""

प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त प्रयास एवम् हेटौंडा अस्पतालको संलग्नतामा आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*