खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुईजना पक्राउ

खुकुरी देखाएर लुट्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको आस बहादुर गुरुङ्ग र सोही स्थानमा बस्ने करिब ४५ बर्षको नरेश गुरुङ्गलाई खुकुरीसहित ईलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङ्गहरुले सुस्ता ५ पक्लिहवाको रतनगन्ज बस्ने अशोक ठाकुर डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर लुटपाटको प्रयास गरेका थिए ।
उनीहरु माथि थप अनुसन्धान भईरको प्रहरीले जनाएको छ।