नेपालमा पाँचौ कोरोना संक्रमित फेला
कोरोना भाइरसको पाँचौ संक्रमित फेला परेका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी बागलुङकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएका परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।
उनी चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आएकी थिईन् । उनी अहिले चिकित्सकको सम्पर्कमा रहेको र उनको अवस्था अहिले सामान्य रहेको देवकोटाले जनाएको छ ।
उनी र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको छ ।