भारत तथा तेश्रो मुलुकबाट आएकालाई निगरानीमा राखिएको छः मन्त्री दुलाल

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार २३:३०
;

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले मकवानपुर जिल्लामा भारतलगाययत तेस्रो मुलुकबाट आएका सबै व्यक्तिको विवरण संकलन गरिएको बताएका छन् । जिल्लाका स्थानीय निकायहरुसंगको समन्वयमा तेस्रो मुलुकबाट जिल्ला प्रवेश गरेका २ सय ५३ जना व्यक्तीलाई स्वासथ्यकर्मीको निगरानीमा राखिएको बताएका हुन् । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नयुनिकरण तथा उनिहरुमा सैक्रमणको पुष्टि भइ हालेमा उनिहरुबाट अन्य व्यक्तीमा संक्रमण नफैलियोस भनने उद्देश्यका साथ हाल उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा घरैमा क्वारेन्टाइन राखिएको बताएका छन् । उनिहरुको स्वास्थ्यमा कुनै पनि परीवर्तन तथा कोरोनाको संक्रमण देखा परेमा त्तकाल नियनत्रणमा लिइ आवश्यक सतर्कता अपनाउन निर्देशन समेत दिएको मन्त्री दुलालले बताएका छन् ।

जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा भित्र करीब १ सय २० जना नेपाल बाहिरबाट आएको तथ्यांक रहेको छ । स्थानीय निकायको समन्वयमा ती व्यक्तिहरुको स्वास्थ्य अवस्थामा केही फरक देखा परेमा तत्कालै क्वारेण्टाईन तथा आइसुलेशनमा ल्याउन टिम गठन गरि काम गरीरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*