लकडाउनको पाँचौ दिनः लकडाउन र राजनीतिक पार्टीको बन्दमा फरक रहेन

सरकारले गरेको एकसाताको देशभरको लकडाउन मकवानपुरमा भने राजनीतिक पार्टीको बन्द जस्तै देखिएको छ । मकवानपुरको हेटौंडामा दैनिक रुपमा साँझ ५ बजे पछि तरकारी तथा खाद्यान्न किन्ने निहुमा प्रत्येक चोकमा मानिसहरुको भिड नै लाग्ने गरेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १ साताको लकडाउनको निर्णय मकवानपुरमा भने पुर्ण रुपमा पालना भएको देखिदैन । सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको आज पाँचौ दिन पुगिसक्दा पनि स्थानिय जनताले भने सरकारको निर्णयको वेवास्ता गर्दै लकडाउनको अवज्ञा गरेको देख्न पाइन्छ ।
सरकारको लकडाउनको निर्णयसंगै मकवानपुरमा स्थानीय प्रशासनले व्यापक मात्रामा प्रहरी परिचालन गरेको छ । प्रत्येक चोक चोकमा प्रहरीको टिमले चेकजाँच गरे पनि मकवानपुरमा भने लकडाउन फितलो भएको देखिन्छ । सरकारले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्किन गरेको आग्रहलाई बेवास्ता गर्दै मकवानपुरमा मानिसहरु सडकमा निस्किने गरेका छन् ।
मकवानपुरमा कुनै राजनैतिक पार्टिको बन्द झै विहान ६ बजे देखि साँझ ५ बजे सम्म भने केहि हद सम्म लकडाउनको पालना भएको देखिए पनि ५ बजे पछि बाक्लो मात्रामा चोकहरुमा मनिसहरुको भिड हुने गरेको छ ।
मकवानपुरमा दैनिक जसो लकडाउनको उलङ्घन गर्ने एक हुल व्यक्ति र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छोड्ने गरेको छ तर पनि यसमा कुनै कमि आएको छैन ।
यसरी प्रहरी कै अगाडी मानिसहरुको भिड भइ रहदा कोरोना भाइरसको जोखिम न्युनिकरणमा के प्रशासनले मात्र चासो देखाएर पुग्छ त ? यो प्रश्नले सबै मकवानपुरबासीलाई जिस्काईरहेको छ ।
यसरी सरकारको निर्णयलाई जनताहरुले बेवास्ता गर्ने हो भने नेपाल जस्तो गरीब मुलुका ठूलो क्षति व्यहोर्नु पर्ने निश्चित देखिन्छ ।