हेटौंडाका मेडिकलहरु बन्द, अत्यावश्यक सेवाहरु बन्द गराए संचालन अनुमति नै खारेज गर्ने मन्त्री दुलालको तयारी

हेटौंडाका निजि मेडिकलहरु हिजो आज प्रायः बन्द नै देखिन्छन् ।
सरकारले गत चैत ११ गते देखि एक साताका लागि देशभर लकडाउनको निर्णय गरेसंगैअत्यावश्यक सेवाका क्षेत्रका रुपमा रहेका निजि मेडिकलहरुले अहिले सबै सेवा बन्द गरेर बसेका छन् ।
कतिपय मेडिकलहरुले सिमित समयमा मात्र सेवा दिने भनी सुचना नै टासेका छन् भने कतिपयले बिरामि नै नभएको भन्दै बन्द गरेको बताउदै आएका छन् ।
यस विषयमा सामाजिक विकास मन्त्री युवराज दुलाललाई सोध्दा दुलालले सेवामूलक र अत्यावश्यक व्यवसाय अन्तर्गत रहेको निजी क्लिनिक, अस्पताल तथा फार्मेसीले विपतको समयमा बन्द गरेको आफूले पनि जानकारी पाएकोले तत्काल खोल्न आग्रह गरेका छन् ।
उनले ती अत्यावश्यक क्षेत्र बन्द गरेर विपतको समयमा सरकारलाई चुनौति दिएमा कार्वाही गर्ने र यसका लागि आजैबाट अनुगमन गर्ने बताएका छन् ।
विपद्को बेलामा सेवा बन्द गर्ने मेडिकल तथा अन्य अत्यावश्यक सेवामुलक संस्थाहरु बन्द गरेको पाइएका संचालन अनुमति समेत खारेज गर्ने मन्त्री दुलालले बताए ।