हेटौंडाको आईसुलेशन र आईसीयुको काम सकियो, ५ सय बेडको क्वारेन्टाईन बनाइदै
बागमती प्रदेश सरकारको नेतृत्वमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र ५ सय बेडको क्वारेन्टाईन, १ सय बेडको आईसुलेशन र १० बेडको आईसीयु सहितको कोरोना संक्रमणको उपचार कक्ष निर्माण कार्य जारी छ । केहि दि अघि मात्र हेटौंडाको श्रमिक माध्यमिक विद्यालयमा १ सय बेडको आईसुलेशन र १० बेडको आईसीयु कक्ष निमार्णको काम थालिएको छ ।
बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हटौंडा अस्पताmको संयुक्त पहलमा हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमी र हेटौंडा–६ को गौरीटारको रङ्गशाला, हेटौंडा–१० को वन विज्ञान अध्ययन संस्थान, हेटौंडा–८ को सशस्त्र प्रहरीको क्याम्प र हेटौंडा–४ को श्रमिक माध्यमिक विद्यालयमा आवश्यक सुविधा सहितको क्वारेनटाइन, आइसुलेशन तथा आईसीयु कक्षको निर्माण गरीदै छ ।
विश्वमा नैे कोरोना भाइरसको संक्रमण चुनौति बन्दै गइरहेको बेला सम्भावित संक्रमणलाई ध्यानमा राखी बागमती प्रदेश सरकारले पहिलो चरणमा विद्यालय, सार्वजनिक भवनलाई क्वारेण्टाईन निर्माण गरेको र महामारी बढेमा निजी तथा सरकारी अस्पताललाई प्रयोग गर्ने बताएको छ ।
क्वारेण्टाईनको लागि आवश्यक चिकित्सक, औषधिहरु तयारी हालतमा राखेको र आवश्यकताका आधारमा प्रयोग गर्न सकिने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।