१३ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

१६ चैत्र २०७६, आईतवार १८:४०
१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खत्याड गाउँपालिका–४ जिउका बस्ने २० वर्षीय धर्मराज रावल रहेका छन् ।
ती किशोरीलाई सोही क्षेत्रमा रहेको नीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।