आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर उपभोग्य सामग्री वितरण 

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार १९:३४
;

वीरगञ्ज महानगरपालिककाका मेयर विजयकुमार सरावगीले गरिब तथा असहायहरुलाई उपभोग्य सामग्री वितरण गरेका छन् ।  दैनिक ज्यालादारी गरी जिविका चलाउने विपन्न परिवारलाई लकडाउनले बिहान बेलुका खान समेत समस्या भएपछि वीरगन्ज महानगरपालिकाले आर्थिक सहयोगको अभियान सुरु गरेको हो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणका नेपालले गरेको लकडाउनको पाँचौ दिन नगरप्रमुख सरावगीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर शनिबार दैनिक उपभोग्य सामग्री वितरण गरेका हुन् । 

कोरोना भाइरस संक्रमणको गम्भीरतालाई हेर्दै सरकारले लगाएको लकडाउनको कारण दैनिक जिवत बिताउन कठिन भएपछि खाद्य सामग्री वितरण गर्ने अभियान सुरु गरिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*