लकडाउनः भारतसँगको नाकाबाट २ सय ५० जना नेपाली नेपाल भित्रिए

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार २०:०२
;

आज (आइतबार) बिहान मात्र भारतसँग जोडिएका विभिन्न नाकाबाट २ सय ५० जना नेपाली नेपाल भित्रिएका छन् । उनीहरु सबैलाई सीमा नाकामा रहेका क्वारेन्टाइनमा राखिएको छ।

गड्डाचौकी नाकाबाट १ सय ७० जना, अछाममा ५३ जना, काकरभिट्टाबाट ११ जना, कृष्णनगरबाट ३ जना र जोगबनीबाट १३ जना नेपाल प्रवेश गरेके नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । 

सरकारले चैत ११ गतेबाट लकडाउन गरेतापनि भारतबाट ठूलो संख्यामा नेपालीहरु दिनहुँ आइरहेका छन्। यसरी आउने नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*