उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार २०:२०
;

उत्तर कोरियाले आफ्नो पूर्वी तटतर्फ दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएका छन् । विश्‍वभर कोरोना महामारी फैलिइरहेको बेला गरिएको हतियार प्रदर्शन 'अनुपयुक्त' भएको बताएका छन् । 

उत्तर कोरियाली वनसन कोस्टल एरियाबाट आइतबर दुईवटा छोटो-दूरीको मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाली सेना प्रमुखले जनाएका छन् । उक्त मिसाइल २३० किलोमिटर आकाशमा उडेर ३० किलोमिटर टाढासम्म गएको जनाइएको छ ।

"सिंगो विश्व कोभिड-१९ को महामारीसँग लडिरहेको अवस्थामा उत्तर कोरियाको हतियार प्रदर्शन गर्ने काम अनुपयुक्त छ । हामी यस किसिमको काम तत्काल बन्द गर्न आह्वान गर्दछौं," दक्षिण कोरियाली सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रक्षेपण गरेको ब्यालेस्टिक मिसाइल भएको र जापानी भूभागमा नआएको जनाएबो छ । "अहिलेको अवस्थामा उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणले अन्तर्राष्ट्रिय समुदायलाई नै गम्भीर समस्या उत्पन्‍न गरेको छ," मन्त्रालयल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्योङयाङले भने अहिलेसम्म मिसाइल प्रक्षेपणप्रति कुनै प्रतिक्रिया जनाएको छैन । – अलजजिरा 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*