धैर्यता, आत्मसंयम र स्वःअनुशासन नै यो महामारी पराजित गर्ने अस्त्र हो: अध्यक्ष थापा 

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार २०:२८
;

राप्रपका अध्यक्ष कमल थापाले लकडाउनका बेला दैनिक ज्यालादारीमा काम गर्ने न्यून आय भएकालाई  सरकारले राहत नदिएकोप्रति गुनासो व्यक्त गरेका छन् । आज एक भिडिओ सन्देश जारी गर्दै उनीहरुलाई नगद आर्थिक सहयोग उपलब्ध गराउन थापाले सरकारसँग आग्रह गरेका हुन् ।

कोभिड–१९ महामारीबाट आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै थापाले लगानीको क्षेत्रलाई संरक्षण गर्न अविलम्ब आर्थिक ग्राह्यता प्याकेज घोषणा गर्नुपर्ने माग गरेका छन् ।

उनले यो महामारीका बेला सरकारले काम गरेको तर, पर्याप्त नभएको उनले आरोप लगाएका छन् । “यो आरोपप्रत्यारोप गर्ने बेला होइन, सरकारको कदमलाई रचनात्मक सहयोग गर्नुपर्ने बेला हो”, उनले भने, “तर, नागरिकको सहयोग लिन व्यवहारमा सरकार देखिनुपर्छ, सुनिनिुपर्छ र जनताको साथमा रहेको अनुभव हुनुपर्छ । धैर्यता, आत्मसंयम र स्वःअनुशासन नै यो महामारी पराजित गर्ने अस्त्र हो।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*