केही दिन अघि मात्र नेपालबाट भारत गएका एक युवकलाई कोरोनाको संक्रमण
१० दिन अघि नेपालबाट गएका एक युवकलाई भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राति कोरोना भाइरसको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।
उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए । दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए । घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गएका थिए ।
उनी नेपालमा हुँदा नै संक्रमित थिए कि थिएनन् भन्ने खुलाएको छैन ।