वर्षाले कोरोना रोकथाम कोषमा १ लाख सहयोग गर्ने घोषणा

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार २१:०३
;

अभिनेत्री बर्षा शिवाकोटीले कोरोना रोकथाम कोषमा १ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । आपतमा परेकालाई सहयोग गर्न सम्बन्धित ठाउमा उक्त रकम पुग्ने अपेक्षाको साथमा आफुले रकम सहयोग गरेको उनले उल्लेख गरेकी छिन्।

सामाजिक संजालमा उनले यस्तो स्टाटस पोष्ट गरेकी छिन्।

नमस्ते म वर्षा शिवाकोटी
देश लकडाउन भएको आज छैठौ दिन, आजको दिन सम्म देश भित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवान सँग एही प्राथना गर्दछुकि हाम्रो देश, हामी नेपाली कसैलाई केहि नहोश्।
सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपाली लाई असर परेको छ तर पनि बिसेश गरेर दिनरात मजदुर गरेर जिबिका पार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाहरुको लागी जती सक्दो चाडो राहत को बेबस्था गर्नु हुनेछ भन्ने आशा गरौ एस्को लागी मेरो बेक्तिगत तर्फ बाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० ९एक लाख० जम्मा गर्न चाहन्छु र मेरो इच्क्षा, यो पैसा ति हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओश जस्ले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ १
मैले यो पैसाले आफैले राहत किनेर ति दाजुभाई दिदीबहिनी समक्ष पुराउने इच्छा थियो तर नेपाल सरकारले सुरक्षित हुन दिनु भएको आदेश लाई हामी सबै नेपालीले मान्नै पर्छ र तेही मान्ने क्रममा म पनि सुरक्षित रहन लकडाउनमा भएकोले नेपाल सरकारको प्रधानमन्त्री राहत कोष मार्फत दिने सोच बनाए।

अन्त्यमा देशलाई बचाउन दिनरात भोकभोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्भन्दित अन्य बेक्तीहरु र हाम्रा देशका खम्ब्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरु र कोरोना भाइरस बाट बचाउन लाग्नु भएका अन्य क्षेत्रका ब्यक्तिहरु मा नमन !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*