हेटौंडाका दुईजनामा कोरोनाको आशंका
हेटौँडाका २ जनामा कोरोना कोरोना संक्रमणको आशंका गरिएको छ । हेटौँडा– ४ र ५ निबासी २ जनामा कोरोना संक्रमणको आशंका गरिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेपछि दुवै जनाको स्वाब परिक्षणको लागि एम्बुलेन्समा काठमाडौँ पठाइएको हो ।
उनीहरु मध्ये १ जना हेटौँडा ५ निबासी डाक्टर हुन् उनी होम क्वारेन्टाइमा बसिरहेका छन् । त्यसैगरी वडा नम्बर ४ निबासी अर्का एक जना श्रमिक माविको क्वारेन्टाइन कक्षमा छन् ।
कोरोनाको संक्रमण भए नभएको उनीहरुको स्वास्थ्य परिक्षणपछि पत्ता लाग्ने स्वास्थ्य अधिकृत भोला चौँलागाईले बताएका छन् ।