क्वारेन्टाईनमा नबसे कारबाही गर्ने सरकारको निर्णय

१६ चैत्र २०७६, आईतवार २३:०८
सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइनबाट भागे वा क्वरेन्टीनमा बस्न निर्देशन दिएको हो ।
यस्तै चीनबाट ल्याइएको कोरोना भाइरसको परीक्षण गर्न ल्याइएको पीसीआर टेस्ट किट्ससहित सुरक्षा सामाग्री सातै वटा प्रदेशमा पठाउने निर्णय गरेको छ ।