८ दिन थपियो लकडाउन, बैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हाल भईरहेको लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेसँगै मन्त्री परिषदको बैठकले सो निर्णयलाई आजै अनुमोदन गरेको छ । अनुमोदन पछि अब देश पुनः २६ गतेसम्म लकडाउन हुनेछ ।
समितिको आज बसेको बैठकले लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो ।
पछिल्लो दिन नेपालमा समेत कोरोना संक्रमणको जोखिम जटिल बन्दै गएकाले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको हो ।
सरकारले गत चैत्र ११ गते बिहान ६ बजेदेखि चैत्र १८ गते बिहान ६ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा र आवतजावत बन्द गर्ने निर्णय गरेको थियो।
त्यस्तै समितिले विपन्नहरुलाई निःशुल्क राहत वितरण गर्न समेत सरकारलाई सिफारिस गरेको छ ।
त्यसैगरी सरकारले नेपाल आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५, २०२० अर्थात आउँदो बैशाख ३ गतेसम्म लम्ब्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गरेको सम्बोधन मार्फत चैत्र ९ गतेदेखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने बताएका थिए ।