हेटौंडाका २ मध्ये एक व्यक्तिको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार ०१:२७
;

हेटौंडा ४ को श्रमिक स्कुलको आइसोलेसनमा राखिएका २ जना मध्ये एक बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।

निरन्तर ज्वरो र खोकी लागेका कारण कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने भएकोले उनलाई आइसुलेशनमा राखिएको थियो ।

कोरोनाको आशंका रहेकोले थप चेकजाँचका लागि ती ब्याक्तीको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको र रिपोर्टमा कोरोनाको संक्रमण नेगेटिभ आएको हो ।

हेटौंडा सिटि हस्पिटलबाट उनलाई कोरोना संक्रमणको आशंकामा आइसुलेशनमा राखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*