हेटौंडाका एक व्यक्ति आइसुलेशन र अर्का एकलाई क्वारेन्टाइनमा राखियो

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार ०२:००
;

कोरोना भाइरसको संक्रमणको आशंकामा हेटौंडाका एक जना आइसुलेशन र अर्का एक जना क्वारेन्टाइनमा भर्ना भएका छन ।

अचानक ज्वरो आइ स्वास्थ्यमा परिवर्तन आए पछि हेटौंडा- १२ का एक व्यक्तिलाई हेटौंडाको श्रमिक माध्यमिक विद्यालयको आइसुलेशनमा भर्ना गरिएको हो ।

३४ वर्षीय ती व्यक्तिमा ज्वरोसंगै कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकोले आइसुलेशनमा राखिएको हो ।

त्यस्तै अर्का एक व्यक्तिलाई हेटौँडाको- ११ को हेटौँडा एकेडेमीमा रहेको क्वारेन्टाईनमा भर्ना गरिएको छ ।

हेटौँडा-७ का ३० वर्षीय ती व्यक्तिको स्वस्थ्यमा परिवर्तन देखिए पछि उनलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

दुबै जना गत चैत्र ५ गते दुबईबाट नेपाल आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*