सरकारले खाद्य सामग्री खरिदमा १० प्रतिशत छुट दिने
सरकारले खाद्य सामग्रीमा १० प्रतिशत छुट दिई बिक्रि वितरण गर्नु पर्ने निर्णय गरेको छ । विश्वभर महामरिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले आउदो चैत २५ गते सम्म देशभर लकडाउनको समय अबधी थपेसंगै मन्त्रिपरिषद् बैठकले १० प्रतिशत छुटमा खाद्य सामाग्री बिक्री गर्ने निर्णय गरेको हो ।
आइतबारको मन्त्रिपरिषदको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले चामल, पिठो र नुनमा हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुटमा बिक्री गर्नुपर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले टेलिफोन सेवा कम्पनीले लकडाउन अवधीभर डाटा तथा इन्टरनेटमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउनु पर्ने निर्णय गरेको हो ।
यस्तै विद्युत प्राधिकरणले मासिक १ सय ५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महशुलमा २५ प्रतिशत छुट दिने, विद्युत खानेपानी र इन्टरनेटको फागुन र चैत महिनाको महशुल २०७७ बैशाख मसान्तमा बुझाएमा विलम्ब र अरु जरिवाना नलिने निर्णय गरेको छ ।
विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि सरकारले निर्णय गरेको छ ।