निजि बोर्डिङलाई एक महिनाको शुल्क नलिन सरकारको निर्देशन, घर भाडा नलिन घरबेटीलाई आग्रह

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार ०४:५०
;

निजि बोर्डिङ स्कुलहरुले एक महिनाको शुल्क लिन नपाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

निजी स्वास्थ्य संस्थालाई आफ्ना सवै सेवा जारी राख्न र २० प्रतिशत छुट दिन व्यवस्था मिलाउने सरकारले जनाएको छ । निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले जनतालाई थप आर्थिक भार नपरोस भन्ने उद्देश्यका साथ यस्तो निर्णय गरेको हो ।

त्यस्तै शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन समेत सरकारले घरबेटीलाई आग्रह गरेको छ । सरकारले घरबहाल कर नलिने निर्णय पनि गरेको छ ।

सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गर्दै कोरोना भाइरसको उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ ।

सरकारले सामुहिक क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई खाने व्यवस्था स्थानीय तह र संघीय सरकारले व्यवस्था गर्ने गरि व्यवस्थापन मिलाउन सम्बन्धि निकायलाई निर्देशन दिएको छ ।

सरकारले कोरोना उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*