हेटौंडाको आइसुलेशनलाई नारायणी यातायातको एम्बुलेन्स र शव वाहन
नारायणी यातायात ब्यवसायी संघले हेटौँडा अस्पतालाई एम्बुलेन्स र शव वाहन कोरोना संक्रमण अवधिभर संचालनको लागि दिएको छ । संघले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना उपचारको लागि अत्यावश्यक रहेकोले एम्बुलेन्स र शव वाहन कोरोना भाइरस संचालनका लागि उपलब्ध गराएको हो ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढे संगै मकवानपुरमा एम्बुलेन्स अभाव चलिरहेको छ । कतिपय एम्बुलेन्सहरु कोरोना भाइरस सर्ने जोखिम रहेकोले बिरामी बोक्न समेत नमान्ने गरेको जनगुनासो बढेका कारण बिरमी ल्याउन समस्या नहोस् भन्दै संघले आफु मातहत रहेको एम्बुलेन्स र शव वहान संक्रमण अवधिभर प्रयोग गर्न अस्पताललाई दिएको नारायणी यातायात ब्यवसायी संघका महासचिव सरोज खनालले बताए ।
संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल सहितको टोलीले हेटौंडा अस्पतालमा नै पुगेर एम्बुलेन्स र शवबाहनको चावी हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल र अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. प्रविण कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
हेटौंडा अस्पतालका अध्यक्ष पौडेलले एम्बुलेन्सको अभावले कोरोना भाइरसको संक्रमण रहेका विरामीको उपचारका लागि तयार गरीएको आईशुलेसन तथा क्वारेन्टाईनमा विरामी लैजान समस्या रहेको र संघको यस्तो सहयोगले महत्वपूर्ण भुमिका खेल्ने बताए ।