सरकारको शुल्क मिनाह गर्ने निर्देशनमा प्याब्सनको शर्त

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २०:१५
;

सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क मिनाह गर्न  निर्देशन गरे संगै प्याब्सनले शर्त राखेको छ । आइतबारको मन्त्री परिषदको बैठकले कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निजी विद्यालयलाई निर्देशन दिएको थियो ।

निर्देशन पश्चात निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकार समक्ष शर्त राखेका छन् । प्याब्सनले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ । 

प्याब्सनका अध्यक्ष टिकाराम पुरी बैंकबाट ऋण लिएर संचालन गरीएका विद्यालयहरूलाई राहत स्वरुप एक महिनाको बैंक ब्याज मिनाहा गराउन र जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था मिलाउनु पर्ने शर्त राखेका हुन् ।

सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।

प्याब्सन अध्यक्ष पुरीले यस विषयमा लकडाउन खुलेपछि सरोकारवाला सबैसँग पर्याप्त छलफल गर्ने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*