जापानको कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो
युरोप र अमेरिका कोरोना भाईरसबाट प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा भाइरसको सङ्क्रमण भेटिएको छ ।
त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।
राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ । त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो ।
जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ ।
छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन ।
घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ ।
एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ । उनी ७० वर्षका थिए।
यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन्।
यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको छ । अब युरोप र अमेरिकाबाट आउनेलाई पनि निषेध गर्ने सम्भावना छ ।