कोरोनाको आशंका गरिएकी एक यूवतीको मृत्यु
कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक जना युवतीको मृत्यु भएको छ । सोमबार बिहान बेहोस अवस्थामा विर अस्पताल ल्याइएकी चन्द्रागिरी नगरपालिका १५ की एक युवतीको मृत्यु भएको हो ।
वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीका‘ अनुसार भारतबाट यही साता नेपाल आएकी उनलाई अस्पतालमा ल्याउदाँ ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो ।
उनले भने ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’