कोरोनाको कारण विश्वभर ३३ हजार बढिकोे मृत्यु

कोरोना भाइसर संक्रमणका कारण विश्वभर हाल ३३ हजार भन्दा बढि व्यक्तिको मृत्यु भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा अहिले सम्म ३३ हजार ९ सय ९८ जनाको ज्यान गएको छ भने ७ लाख भन्दा बढि कोरोना भाइरसकबाट संक्रमित रहेका छन् ।
विश्वभर ७ लाख २३ हजार ५ सय ९४ संक्रमितमध्ये १ लाख ५१ हजार ८ सय २४ जना उपचारपछि स्वस्थ अवस्थामा घर फर्किएका छन् ।
१ सय ९९ देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा पनि देखिएको छ ।