लकडाउनको अवज्ञा गरेको भन्दै दुई युवकमाथि निर्घात कुटपिट, भिडियो भाईरल

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २०:५८
;

लकडाउनको अवज्ञा गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको छ । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् । 

घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले बताएका छन् । 

दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कुटपिट गर्ने कर्मचारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका थिए ।

घटनाबारे प्रश्न उठेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन थालेको छ । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले अनुसन्धान थालिएको र घटनामा संलग्न कर्मचारीमाथि विभागीय कारबाही हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*