तरकारी बजार पनि बन्द

१७ चैत्र २०७६, सोमबार २१:३६
सामाजिक दुरी कायम नगरिँदा राजविराजमा तरकारी बजार पनि बन्द गरिएको छ । सोमबार बसेको नगरपालिकाको बैठकले सबै वडामा लाग्ने तरकारी बजार सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिका प्रमुख शम्भु यादवले मंगलबारदेखि सबै वडामा सञ्चालन गरिएको तरकारी बजार पूर्ण रुपले बन्द गर्ने निर्णय भएको बताएका छन् ।
यसअघि राजविराजको राज रंगशालामा तरकारी बजार लगाउने निर्णय भएपनि सामाजिक दुरी कायम नगर्दा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।