पानीभन्दा सस्तो तेल
अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य १८ वर्ष यताकै सस्तो भएको छ।
कोरोना भाइरसको विश्व्यापी महामारीका कारण कच्चा तेलको मूल्य यसरी न्युन विन्दुमा झरेको हो। कच्चा तेलको मूल्य अहिले प्रति ब्यारेल २३.०३ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यसअघि यो मूल्य सन् २०:०२ मा थियो।
मार्च महिनाको सुरुमा साउदी अरेबिया र रुसबीच भएको अस्वस्थ प्रतिष्पर्धाले अचानक मूल्य खस्किएको थियो।
विश्लेषकहरुले विश्वव्यापी महामारीका कारण तेलको मूल्य खस्किएको र यो अझै केही समय खस्कँदो क्रममा रहने अनुमान गरेका छन्।
गत महिना अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा तेलको मूल्य घटे पनि नेपाली बजारमा भने खास्सै मूल्य घटेको थिएन।एजेन्सी










