दिनको दुईलाख मानिसमा कोरोनाको परिक्षण गर्ने जर्मन सरकारको तयारी
कोरोना भाईरसले महामारीको रुपि लिएसँगै जर्मन सरकारले दिनको दुई लाख मानिसमा कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ ।
एंगेला मार्केल सरकारले आशंका गरिएका सबै मानिस र उनीहरुको नजिकका व्यक्तिहरुको परीक्षण गर्ने योजना बनाएको हो ।
दक्षिण कोरियाले परीक्षण मार्फत कोरोना रोगमा पाएको सफलतालाई जर्मनीले अंगिकार गर्न खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हालसम्म जर्मनीमा ५ सय ४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ६२ हजार ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।