भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ पुग्यो
भारतमा कोरोना भाइरसको संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु भएको जनाएको छ । बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमितको संख्या १ हजार ७१ जना पुगेको छ ।
महाराष्ट्रमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ । कर्नाटकमा ३ जना, उत्तर प्रदेशमा १, गुजरातमा ५, दिल्लीमा २, तमिलनाडुमा १, पन्जाबमा १, तेलंगनामा १, जम्मू कश्मीरमा २, मध्य प्रदेशमा २, पश्चिम बंगाल, विहार र हिमान्चलमा १÷१ जनाको मृत्यु भएको छ ।
विश्वमा अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोनाका संक्रमित देखिएका छन् । अमेरिकामा १ लाख ४२ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वमा कोरोना भाइरसबाट ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ लाख मानिस संक्रमित छन्।