पाटन अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण देखिएन
हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २२:४९
पाटन अस्पतालमा मृत्यु भएका बिरामीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाभाइरस (कोभिड १९)को आशंकामा ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
धादिङको खनियाबास गाउँपालिकाका ३५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको थियो ।
केही दिनअघि मात्र भारतबाट फर्किएका उनी उच्च ज्वरो लगायत लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए ।