हरेक मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयको आग्रह
हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २३:०२
हरेक मृत्युलाई कोरोना भाइरस सँग नजोड्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
आग्रह गरेको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले
गाँउघरमा कसैको कोरोनाकै कारण मृत्यु भएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ ।
उनले भने , ‘जो मर्यो, त्यो कोरोनाले मर्यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो ।’